(दफा ५ को उपदफा (१) संग सम्बन्धित)
१. कृषि तथा वन पैदावर, कृषि कार्यको लागि प्रयोग भएको भवन, औजार यन्त्र र उपकरणहरू (ट्रेक्टर समेत) ।
२. जनावरहरू ।
३. जीवन बीमा बापत जम्मा भएको रकम ।
४. कर्मचारीको संचयकोषमा जम्मा भएको रकम ।
५. आफैले लेखेको किताबको कपिराइट, आविष्कार गरेको वस्तुको पेटेण्ट राइट र डिजाइन ।
६. अध्ययनका लागि राखिएका पुस्तक र शैक्षिक सामग्रीहरू ।
७. बहुमूल्य धातु बाहेक अन्य धातुबाट बनेका भाँडाकुँडाहरू ।
८. घरायसी चलन चल्तीमा रहेका लुगाफाटा र वरविछौना ।
९. दैनिक प्रयोगमा ल्याइएका फर्निचर, यन्त्र र उपकरणहरू (टेलिभिजन, भिडियो डेक, रेफ्रिजेरेटर, लुगा धुने मेशिन, मूभिक्यामेरा र एयर–कन्डिशन बाहेक) ।
१०. पेशागत कार्यमा प्रयोग गरिने औजार, यन्त्र र उपकरणहरू ।
११. घरमा राखिएका वा जडान गरिएका सजावटका सामानहरू (बहुमूल्य धातुबाट बनेका र जडान गरिएका बाहेक) ।
१२. दैनिक प्रयोगमा ल्याइने बाद्ययन्त्र र संगितका सामानहरु ।
१३. स्वास्थ्य उपचार तथा परीक्षणको लागि घरमा राखिने यन्त्र र उपकरणहरू ।
१४. खेलकुद र शारीरिक व्यायाममा प्रयोग गरिने सरसामानहरू ।
१५. साइकल, रिक्सा र यस्तै मानिसद्वारा सञ्चालन हुने इन्जिन नभएका सवारी साधनहरू ।
१६. सुरक्षाका लागि राखिएका हातहतियार र खरखजानाहरू ।
१७. अनुसन्धान कार्यको लागि प्रयोगमा ल्याइने सामानहरू ।
१८. चित्रकला र फोटोग्राफीसम्बन्धी सामानहरू ।
१९. प्रचलित कानूनमा सम्पत्तिमा समावेश नगरिने भनी तोकिएबमोजिमका अन्य माल वस्तुहरू ।